समाज

इतिहासमा आज

इकागज |
चैत १०, २०८० शनिबार ८:४२ बजे

काठमाडौँ- आज चैत १० गते अर्थात मार्च २३ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ती केहि महत्वपूर्ण घटनाबारे जानकारी दिन गइरहेका छौँ ।

सन् १९०३ मार्च २३ मा विल्भर राइट र ओर्भिल राइटले 'उड्ने मेसिन'का लागि पहिलो प्याटेन्ट दर्ता गरेका थिए । तर उनीहरूलाई तीन वर्षपछि मात्र प्रदान गरिएको थियो ।


सन् १९१९ मार्च २३ मा रुसी कम्युनिस्ट पार्टीले पाँच सदस्यीय पोलिटब्युरो पुनः ब्युँताएको थियो ।

सन् १९३१ मार्च २३ मा भारतीय स्वतन्त्रता सेनानी भगत सिंह उनका साथीहरू शिवराम राजगुरु र सुकदेव थापरसँगै झुड्याइए ।

सन्‌ १९२१ मार्च २३ मा पहिलो विश्वयुद्धको क्षतिपूर्ति आफूले भुक्तानी गर्न असमर्थ रहेको जर्मनीले घोषणा गरेको थियो ।

सन्‌ १९३३ मार्च २३ मा जर्मन संसद् रेइचस्ट्यागले देशका चान्सलर एडोल्फ हिटलरलाई सम्पूर्ण अधिकार (अधिनायकवादी अधिकारसमेत) प्रदान गरेको थियो ।


Author

थप समाचार
x