विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा पुग्दा एकै परिवारका तीन जनाको मृत्यु
फाइल तस्बिर
दाङ- करेन्ट लागेर दाङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-३ घण्टदेव चौकका ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान् ६० वर्षका गोरखबहादुर केसी र ४ वर्षीय नाति कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने करेन्ट लागेर घाइते गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया