विघटित राष्ट्रिय भूमि आयोगका पदाधिकारी भन्छन् : आयोग नै विघटन हुँदा आश्चर्यचकित भयौँ
काठमाडौँ- विघटित राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूले आयोग खारेज गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम सम्पन्न नहुँदै सरकारले आयोग खारेज गर्ने निर्णय गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विघटित राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि काम जारी रहँदा आयोग नै विघटन हुँदा आश्चर्यचकित भएको बताए । उनले आयोगलाई पूर्ण रूपमा काम गर्न दिने विश्वासका साथ काम गरिरहँदा त्यसो हुन नसकेको धारणा राखे । अध्यक्ष पद रहने कि नरहने भन्दा पनि सुकुम्बासीको नाममा राजनीतिक कहिलेसम्म भन्दै उनले प्रश्न गरे ।
उनले सुकुम्बासी, अव्यवस्थित बसोबासीमाथि धोका भएको भन्दै सरकारको कार्यको विरोध र भर्त्सना गरे । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया