उसिनेको अण्डा खाँदा अड्किएर एक जनाको मृत्यु
फाइल तस्बिर
ओखलढुंगा- ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा खाने क्रममा घाटीमा अड्किएर ज्यान गएको हो ।
उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।
सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया