समाज

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षाको सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार

इकागज |
चैत १२, २०८० सोमबार १९:१५ बजे

काठमाडौँ- निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ । 

परिपत्र गर्दै शिक्षा मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको हो ।


परिपत्रमा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति व्यवस्थापन लगायतका विषयमा कानुनी एवं नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पठाइदिन आग्रह गरिएको छ । 


Author

थप समाचार
x