४३औँ जापानीज भाषा वक्तृत्वकला प्रतियोगिता सकियो
काठमाडौँ- जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) र जापान फाउन्डेसनको आयोजनामा वक्तृत्वकला प्रतियोगिता भएको छ । मार्च २३ मा ४३औँ जापानी भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा कुल १७ जना विद्यार्थीले भाग लिएका थिए र आ-आफ्नो अनुभव र विचारमा आधारित भनाइ राखेका थिए । सहभागीहरूले जापानी भाषामा राम्रोसँग तयार पारेको भाषण र युवा नेपाली विद्यार्थीहरूको मनमा रहेको कुराबाट नेपालस्थित जापानी राजदूत किकुता युताका प्रभावित भएका थिए ।
उनले विजेताहरूलाई बधाई दिए र सबै सहभागीहरूलाई जापानी भाषा अध्ययनको आनन्द लिइरहन प्रोत्साहित गरेका थिए ।
सबै जापानी भाषा शिक्षार्थीहरूका लागि दूतावासमा जापान रिसोर्स सेन्टर (पुस्तकालय) रहेको जनाएको छ । जसमा जापानमा अंग्रेजी र जापानी भाषामा पुस्तकहरू रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया