कारको ठक्करबाट घाइते बालकको मृत्यु
काठमाडौँ- मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । धरान-चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका-४ गोठखोलामा सोमबार कारको ठक्करबाट स्थानीय ११ वर्षीय निशान बानियाँ गम्भीर घाइते भएकोमा उनको उपचारका क्रममा ज्यान गएको हो ।
साइकलमा हिँडिरहेका बालक बानियाँलाई सोमबार हात्तिसुँडेबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका बानियाँलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बानियाँको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो । बालकलाई ठक्कर दिने कार चालक चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीय शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया