काठमाडौँ महानगरले भन्यो : निजी विद्यालयले एक महिनामा नेपालीपन झल्कने नाम राख्नू
तस्विरः फाइल फोटो
काठमाडौँ- निजी विद्यालयलाई काठमाडौँ महानगरले एक महिनाभित्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ ।
महानगरभित्र सञ्चालित नेपालीपन झल्कने नाम नभएका निजी विद्यालयलाई एक महिनाभित्रमा नाम परिवर्तन गरी महानगरपालिकाको वेबसाइटमा अपलोड गरिदिन महानगरले आग्रह गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णयसहित महानगरको शिक्षा विभागमा निवेदन पेस गर्न महानगरका शिक्षा विभाग प्रमुख सरस्वती पोख्रेलले बताएकी छन् ।
शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन नाम झल्कने हुनुपर्ने उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया