दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु
फाइल तस्बिर
डोटी- दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु भएको छ ।
डोटीको सायल गाउँपालिका-२ खड्गडाका १४ वर्षीय तिलक बोहरा दाउराका लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर घाइते भएका थिए ।
डोटी अस्पतालमा उपचारका क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया