मुस्ताङमा लेक लागेर तीर्थयात्रीको मृत्यु
तीन वर्षमा लेक लागेर २६ जनाले ज्यान गुमाए
फाइल तस्बिर
म्याग्दी- मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ मन्दिर दर्शन गर्न हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सात जनाको टोलीमा मुक्तिनाथ जान हिँडेकी विनलाई थासाङ गाउँपालिका-१ टुकुचे पुग्दा अक्सिजनको कमी भएपछि जोमसोम अस्पताल लगिएको थियो । जोमसोम अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।
चालु आर्थिक वर्ष २०८०/८१ मा दुई जना नेपाली र छ विदेशीको मुस्ताङमा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो तीन वर्षमा लेक लागेर २६ जनाले ज्यान गुमाएका छन् । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया