समाज

इतिहासमा आज

इकागज |
चैत २०, २०८० मंगलबार ७:५७ बजे

काठमाडौँ- २०५९ माघ १८ तत्कालिन माओवादीले डा. बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा गरेको थियो । चैत २० गते काठमाडौँको आमसभामा वार्ता टोलीका सदस्यहरूले सम्बोधन गरेका थिए ।

त्यसैगरी २०६१ फागुन १ गते तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट सम्बोधन गरेका थिए । चैत २० गतेदेखि ३० गतेसम्म माओवादीद्वारा ११ दिने देशव्यापी आमहड्ताल घोषणा गरिएको थियो ।


सन्‌ १९१७ अप्रिल २ मा अमेरिकी राष्ट्रपति उड्रो विल्सनले कंग्रेसलाई जर्मनीविरुद्ध युद्ध घोषणा गर्न आग्रह गरे । कंग्रेसले चार दिनपछि युद्धको घोषणा गरेको थियो ।

सन् १९८२ अप्रिल २ मा अर्जेन्टिनाका हजारौं सेनाले बेलायतबाट दक्षिण एट्लान्टिकमा रहेको विवादित फकल्याण्ड टापुहरू कब्जा गरेका थिए । त्यसपछि बेलायतले पनि अर्को जुनमा टापुहरू कब्जा गरेको थियो ।

सन्‌ २००२ अप्रिल २ मा इजरायलले बेथलेहेमको नियन्त्रण कब्जा गरेको थियो । प्यालेस्टाइनी बन्दुकधारीहरूले येशुको परम्परागत जन्मस्थल चर्च अफ नेटिभिटीमा जबरजस्ती पसेर ३९ दिन अवरोध गरेका थिए ।

सन्‌ २००७ अप्रिल २ मा जलवायु परिवर्तन सम्बन्धी आफ्नो पहिलो मुद्दामा अमेरिकी सर्वोच्च अदालतले म्यासाचुसेट्स बनाम वातावरण संरक्षण एजेन्सीमा कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासहरू स्वच्छ वायु ऐन अन्तर्गत वायु प्रदूषकहरू हुन् भनेर निर्णय गरेको थियो ।


Author

थप समाचार
x