एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने शिक्षक गार्ड पक्राउ
रौतहट- जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक जना शिक्षक गार्डलाई पक्राउ गरेको छ ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक राम अमोदप्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।
शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अहिले सबैभन्दा बढी मधेशका जिल्लाहरूका एसईई परीक्षामा चिट चोराउनेदेखि प्रश्न पत्र बाहिरिने गरेका घटनाहरू सार्वजनिक हुँदै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया