सिरहामा एसइई परीक्षामा चिट चोराउने शिक्षकसहित तीन जना पक्राउ
काठमाडौँ- एसइई परीक्षामा गोपनीयता भंग गर्ने तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । मंगलबार सिरहाको बरियारपट्टी गाउँपालिका ३ का जमावी बरियारपट्टी विद्यालयका ३१ वर्षीय लालबाबु यादवले मोबाइलबाट प्रश्नपत्र आउट गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी, बरियारपट्टी गाउँपालिका ५ का २० वर्षीय सन्तोष कुमार राम र २१ वर्षीय रमेश कुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूले परीक्षा केन्द्र बाहिरबाट मोबाइलमा प्रश्नपत्र भंग गरेको अवस्थामा उनीहरूलाई प्रहरीले मोबाइल सहित पक्राउ गरिएको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया