गोकर्णेश्वर क्षेत्रमा खानेपानीको अभाव भएपछि सरोकारवालाले गराए मन्त्री राईको ध्यानाकर्षण
काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर क्षेत्रमा खानेपानीको अभाव भएपछि सरोकारवालाहरूले खानेपानीमन्त्री रामकुमार राईको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार मन्त्रालय पुगेर त्यस क्षेत्रका सांसद, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाहरूले मन्त्री राईलाई भेटेर खानेपानी समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।
उपत्यकामा पानी वितरणका लागि ठूलो ट्याङ्की निर्माण गरिएका क्षेत्र वरपरका जनतालाई नै खानेपानी अभाव भएकाले गम्भीर हुन उनीहरूले माग गरेका थिए ।
सो क्रममा मन्त्री राईले समस्या समाधानका लागि सरकारको तर्फबाट समस्या सम्बोधन गर्न हरसम्भव प्रयत्न हुने भन्दै आश्वस्त पारे ।
जनप्रतिनिधि, निर्माण व्यवसायी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीचको छलफलका आधारमा समस्या समाधान गर्ने पनि उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया