समाज

इतिहासमा आज : आजै भएको थियो कम्युनिस्ट घोषणापत्रको पहिलो नेपाली अनुवाद प्रकाशन

इकागज |
चैत २३, २०८० शुक्रबार ८:१६ बजे

काठमाडौँ- आज चैत २३ गते अर्थात अप्रिल ५ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ती केहि महत्वपूर्ण घटनाबारे जानकारी दिन गइरहेका छौँ ।

नेपालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना विवादका बीच भएको थियो । भारतको कलकत्तामा रहेका पुष्पलाल श्रेष्ठ नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएर मार्क्सवादको अध्ययनमा जुटेका थिए । उनले वि.सं २००५ चैत २३ गते ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । यो नै नेपालीमा प्रकाशित पहिलो मार्क्सवादी रचना थियो ।


सन् १७६४ अप्रिल ५ मा बेलायतको संसदले अमेरिकन राजस्व अधिनियम पारित गरेको थियो । जसलाई चिनी ऐन पनि भनिन्छ ।

सन्‌ १७९२ अप्रिल ५ मा अमेरिकामा कांग्रेस बिलको राष्ट्रपतिले भिटो प्रयोग गरेका थिए ।

सन्‌ १९१८ अप्रिल ५ मा जनरल एरिक लुडेनडोर्फले पहिलो विश्वयुद्धको अन्तिम प्रमुख जर्मन आक्रमणको पहिलो चरण अप्रेशन माइकलको औपचारिक रूपमा अन्त्य गरेका थिए ।

त्यस्तै सन्‌ १९५१ अप्रिल ५ मा जुलियस र एथेल रोजेनबर्गलाई सोभियत संघको लागि जासुसी गर्ने षड्यन्त्र गरेको आरोपमा अमेरिकाको न्युयोर्कमा दोषी ठहरिएपछि मृत्युदण्डको सजाय सुनाइएको थियो ।

सन्‌ १९८६ अप्रिल ५ मा पश्चिम बर्लिन डिस्कोथेकमा भएको बम विष्फोटमा दुई अमेरिकी सैनिक र एक टर्कीकी महिलाको मृत्यु भएको थियो । त्यस घटनाले एक हप्ताभन्दा बढी पछि लिबियामा अमेरिकी हवाई आक्रमण भयो ।


Author

थप समाचार
x