समाज

काठमाडौँ उपत्यकामा थपियो निषेधाज्ञा, खाद्यान्‍न पसल ११ बजेसम्म खोल्न पाउने

इकागज |
जेठ ३०, २०७८ आइतबार १६:५१ बजे

काठमाडौँ : काठमाडौँ उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।  

खाद्यान्‍न फलफूल र पुस्तक पसल खोल्ने समय पनि थपिएको उनले जानकारी दिए । '११ बजेसम्म पसल खोल्ने समय थपिएको छ,' उनी भन्छन,' ४ बजेदेखि हार्डवेयर र मोबाइलसमेत पसल खोल्न पाइने भएको छ ।' होटल तथा रेष्टुरेन्टबाट ७ बजेदेखि होम डेलिभरी गर्न पाइने व्यवस्था गरिएको उनले जानकारी दिए ।


उपत्यकामा कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते राती १२ बजेसम्म र त्यसपछि २० गतेबाट जेठ ३१ सम्म थपिएको थियो । पछिल्लो समय थपिएको निषेधाज्ञाको समय भोलि सकिँदैछ । 

 


Author

थप समाचार
x