समाज

मकवानपुरमा एक हप्ता निषेधाज्ञा थप

इकागज |
जेठ ३०, २०७८ आइतबार १९:४३ बजे

हेटौंडाः मकवानपुरमा पुनः एक हप्ता निषेधाज्ञा थप भएको छ । यसअघि जेठ ३१ गते राति १२ बजे सम्म जारी रहेको निषेधाज्ञा अब असार ७ गतेसम्म लम्बाइएको छ । आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञा केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप गरेको जनाएका छन् ।  

असार १ गतेबाट मकवानपुरमा बिहान ४ बजेदेखि १० बजेसम्म खाद्यान्‍न, दुध, तरकारी, माछामासु, अण्डा पसल, पुस्तक पसललगायत कम्प्युटर तथा मोबाइल मर्मत पसल पनि संचालन हुनेछन् । यस्तै असार १ गतेबाट जिल्लामा बैंक तथा वित्तिय संस्थाहरू नियमित १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाउँने आदेशमा उल्लेख छ ।


 


Author

थप समाचार
x