सेनाको सफा हिमाल अभियान सुरु, १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य
काठमाडौँ- नेपाली सेनाले सफा हिमाल अभियान सुरु गरेको छ ।
बिहीबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान, २०२४ का टोलीलाई ब्यानरसहित सामान हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका हुन् । यस अभियानमा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सोभन्दा माथिका उचाइहरूबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको सेनाले जनाएको छ ।
संकलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरिने प्रधानसेनापति शर्माले बताए । उनले संकलित फोहोरलाई उचित व्यवस्थापन गर्न सके अभियानको औचित्य पुष्टि हुने धारणा राखे । प्रधानसेनापति शर्माले हिमालमा फोहर नै गर्न नदिने गरी सचेतना फैलाउनुपर्ने र नियमकर्ता र कानुन निर्माताले पनि ध्यान दिनुपर्ने बताए ।
अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया