गुरुङ र अर्याल डीआइजीमा बढुवा
काठमाडौँ- नेपाल प्रहरीका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह केनाईन उपसमूहतर्फका दुई जनालाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा सिफारिस हुनेमा डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन् । मन्त्रिपरिषद् बैठकले केहि दिनअघि मात्रै प्रहरी नायव महानिरीक्षक विशेष पद सिर्जना गरेको थियो । जसमा गुरुङ र अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया