आजको राशिफल : मकरले प्रेममा अनावश्यक जिद्दी नगर्नु, मेषलाई प्रतिस्पर्धामा विजयी हुने योग छ
काठमाडौँ- आज मिति २०८० साल वैशाख ६ गते बिहीबार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको दशमी तिथि, अश्लेशा नक्षत्र, गण्ड योग छ । चन्द्र राशि कर्कट । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३८ देखि १२:२९ सम्म,
• काठमाडौँमा सूर्योदय: बिहान ०५:३७
• सूर्यास्त: बेलुका ०६:३० बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ । प्रेम तथा पढाइमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं: निलो
शुभ अंक: ७
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज समय मध्यम छ । पारिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं: खैरो
शुभ अंक: ६
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं: हरियो
शुभ अंक: ७
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुसी मिल्नसक्ने समय छ ।
शुभ रगं: पहेँलो
शुभ अंक: १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं: पहेँलो
शुभ अंक: ६
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथीभाइबाट सहयोग मिल्न सक्छ । स्वास्थ्यमा सुधार हुने छ ।
शुभ रगं: निलो
शुभ अंक: ६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
आज समय ठीक छ । आँट र साहस बढ्नेछ । कार्य पूर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ति मिल्नेछ ।
शुभ रगं: पहेँलो
शुभ अंक: ९
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएता पनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं: कालो
शुभ अंक: ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं: हरियो
शुभ अंक: ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आज समय ठीकै छ । शरीरमा आलस्यता आउन सक्छ । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । कडा मिहेनतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रु पक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्दी नगर्नुहोला ।
शुभ रगं: सुन्तला
शुभ अंक: ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । आज राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं: रातो
शुभ अंक: ५
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । परिवारलाई समय दिनुहोला । दिउँसोबाट तपाईँमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं: सेतो
शुभ अंक: ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाईँ आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरिएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् । उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया