मोटरसाइकलमा लिफ्ट माग्ने, फोन गर्ने बहानामा मोबाइल चोरी गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ
काठमाडौँ- मोटरसाइकलमा लिफ्ट मागी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका- २ का २७ वर्षीय निश्चल लामा रहेका छन् ।
उनलाई मंगलबार काठमाडौँस्थित सिनामंगल गोल्डेन गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार उनले काठमाडौँका विभिन्न स्थानमा मोटरसाइकालमा लिफ्ट मागेपछि मागेर माग्थे । त्यसपछि आफ्ना आफन्तको हवाई उडान रहेको बताएर काठमाडौँको नयाँ बसपार्कमा गए विभिन्न सामानहरू ल्याउनुपर्नेसहितका बहाना बनाउँथे ।
त्यसपछि उनले आफ्नो मोबाइल स्विचअफ रहेको बताएर मोबाइल माग्थे । मागेको फोनबाट कल गर्दै परपर हुँदै उनी भागेर जान्थे । चोरेको फोनमा भएको मोबाइल बैकिङमा उनले अनधिकृतरूपमा पहुँच समेत बनाउने गरेको प्रहरीको भनाइ छ । उनले त्यसरी तीन लाख ६२ हजार रुपैयाँ निकालेको पाइएको प्रहरीले जनाएको छ । चोरीका मोबाइलहरू उनले 'हाम्रो बजार डट कम' मा राखेर बिक्री गर्थे ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । थप अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया