प्रेस चौतारी नेपाल काठमाडौँ शाखाद्वारा २०८१ को क्यालेन्डर विमोचन
काठमाडौँ- प्रेस चौतारी नेपाल काठमाडौँ शाखाले २०८१ सालको क्यालेन्डर विमोचन गरेको छ ।
बिहीबार पुतलीसडकस्थित चौतारीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच क्यालेन्डर विमोचन गरिएको हो । क्यालेन्डर विमोचन गर्दै चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारको हकहितमा निष्पक्ष भएर कलम चलाउने चौतारीले आगामी दिनहरूमा पनि आम चासो र देशको वर्तमान स्थितिबारे समाचार सम्प्रेषण गर्ने बताए । यस्तै अध्यक्ष बस्नेतले शाखाले क्यालेन्डर विमोचन गरेको भन्दै शुभकामना समेत व्यक्त गरे ।
विमोचन कार्यक्रममा काठमाडौँ शाखाका अध्यक्ष मुकुन्द भुषालले चौतारी आफ्नो दायित्वबाट कहिल्यै पनि पछि नहट्ने बताए । कार्यक्रममा काठमाडौँ शाखाका इन्चार्ज पुकार तिमिल्सिनाले शाखाले क्यालेन्डर निकाल्ने कामलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया