समाज

अरूकै नागरिकताबाट कन्सल्टेन्सी चलाएर ३ करोड ठगी गर्ने पाण्डे र श्रेष्‍ठ पक्राउ

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १२:३१ बजे

काठमाडौँ- नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राजन श्रेष्ठ र ईश्वरी पाण्डे पक्राउ गरेको हो ।

रामेछाप लिखु तामाकोशी ७ का श्रेष्ठलाई काठमाडौंको कागेश्वरीबाट प्रहरीले पक्राउ गरेको हो । पाण्डे झापा गौरादहका रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगेको प्रहरीले जनाएको छ । नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका थिए ।

उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको नाममा कन्सलटेन्सी चलाउँदै आएका थिए । पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाएको प्रहरीले जनाएको छ ।

 


Author

थप समाचार
x