समाज

वैशाख २६ गते चन्द्रागिरी नगरपालिकाले दियो सार्वजनिक बिदा

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १६:५४ बजे

काठमाडौँ- मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चन्द्रागिरी नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्ने गर्छ । त्यसैले दर्शनार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यका साथ बिदा दिइएको नगरपालिकाले जनाएको छ ।


Author

थप समाचार
x