सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा
फाइल तस्बिर
सर्लाही- अवैध रूपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका-१७ स्थित कालिञ्जोर खोलाबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति मलंगवामा पत्राचार गरिएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया