डढेलोमा परी बैतडीमा दुई महिला घाइते

बैतडी- बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएका छन् ।
दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएका हुन् । दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटिरहेका महिला जङ्गलबाट आएको डढेलोमा परी घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको स्वास्थ्य अवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ । जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया