समाज

कोभिड संक्रमितको हेलिकप्टर कुर्दाकुर्दै मृत्यु

इकागज |
असार १, २०७८ मंगलबार २०:३० बजे

सुर्खेत : कोभिडका कारण हुम्लामा एक संक्रमितको ज्यान गएको छ । हुम्लाको चन्खेली गाउँपालिका वडा नम्बर ३ मेखला निवासी ५२ वर्षका हइत रोकायाको ज्यान गएको हो । 

रोकायको थप उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै ज्यान गएको हो । खराब मौसमका कारण समयमा हेलिकप्टर आउन नसक्दा उनकोे मृत्यु भएको हो । तीन दिन्देखि इलाका स्वास्थ कार्यालयमा उपचार गराइरहेका रोकायाको शरीरमा अकस्मात् अक्सिजनको लेभल घटेको थियो । मौसम खराबीको कारण काठमाडौँबाट जुम्लाका लागि उड्न तयार भएको हेलिकप्टर जान सकेन । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार हुम्लामा अहिलेसम्म दुई जना कोभिड संक्रमितको मृत्यु भएको छ ।  



Author

थप समाचार
x