प्राकृतिक विपद्
बाढीले मनाङको नासों गाउँपालिकाका ४८ घर डुबानमा
२६ घरका बाढीपीडितको उद्धारका लागि गृहले पठायो हेलिकोप्टर
फाइल फोटो : नासों गाउँपालिका
काठमाडौँ : मर्स्याङ्दी नदीको बाढीले मनाङको नासोँ गाउँपालिकामा ४८ घर डुबानमा परेका छन् । नासोँ गाउँपालिकाको ताल क्षेत्रका ४८ घर डुबानमा पर्दा २६ घरका मानिसहरु भने उद्धारका लागि पर्खिरहेका मनाङकी सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन् ।
उनका अनुसार बाढीले गर्दा सदरमुकाम चामेमा समेत क्षति पुर्याएको छ । चामेमा रहेको जिल्ला हुलाक कार्यालय समेत बगाएको छ । घर डुबाएपछि मानिसहरु केही पर रहेको अग्लो क्षेत्रको डाँडोमा बसेका छन् । बाढीले गर्दा मानिसहरु उद्धारको पखाईमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताइन् ।
मर्स्याङ्दी नदीको बाढीले गर्दा सदरमुकाम चामे लगायतका क्षेत्रमा समस्या भएको छ ।
गृह मन्त्रालयले पठायो हेलिकोप्टर
यस्तै ताल क्षेत्रमा डुबेका घरहरुमा रहेका मानिसहरुको उद्धारको लागि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सेनाको हेलिकोप्टर पठाइएको बताए । तर मौसम खराबीका कारण हेलिकोप्टर मनाङ पुग्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताइन् ।
बाढीले गर्दा सो क्षेत्रमा समस्या भएको उनको भनाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया