धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
धनगढी- धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते भएका छन् ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका-४ की २२ वर्षीया बसन्ती धामी करेन्ट लागेर घाइते भएकी छिन् । उनलाई सोही ठाउँको पातलि लेकको जङ्गलमा स्याउला काट्ने क्रममा विद्युतको तार सर्ट भइ करेन्ट लागेको हो ।
घाइते भएकी धामीको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको पिथौरागढमा लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै कैलालीको धनगढीमा पनि करेन्ट लागेर थप एक महिला घाइते भएकी हुन् ।
धनगढी उपमहानगरपालिका-७ मनहेराकी २४ वर्षीया मेनुका चौधरी केन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
मेनुकालाई पानीको नलमा मोटरको प्लक जोड्दा करेन्ट लागेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ । घाइते मेनुकाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया