सिप्रदीले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो गाडी बेच्ने गरेको खुलासा
काठमाडौँ- नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडाैँ महानगरपालिकाले गरेको छ । काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गरेर डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा गरिदिएको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरले नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानो भएको बताए ।
महानगरको नयाँ खुलासासँगै सिप्रदी ट्रेडिङले बिक्री गर्ने गरेको सबै प्रकारका गाडी नयाँ हो वा पुरानो भन्नेमा आम उपभोक्तामा संशय पैदा गराएको छ । यससँगै काठमाडौं महानगरले सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न सिफारिस गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया