काठमाडौँ महानगरले खटायो पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ गर्न ११० जना
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ । उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले ‘श्रम बैंक’बाट श्रमिक लिएर परिचालन गरेको हो । । ‘श्रम बैंक’ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो ।
महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका लागि काम गर्न १० जना रहेको १० वटा समूह बनाइएको छ । हरेक समूहलाई परिचालन गर्न १० जना नाइकेको व्यवस्था गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया