समाज

सामुदायिक सहायता सुनिश्चितताको माग गर्दै प्रदर्शन

इकागज |
जेठ २, २०८१ बुधबार १५:३४ बजे

काठमाडौँ - सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरूले बुधबार काठमाडौंको भृकुटीमण्डपदेखि भद्रकालीसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


सडक अवरुद्ध गरेर प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुले भद्रकालीमा कोणसभा गरेका थिए । उनीहरुले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा सुरु गर्ने विषयमा यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

गत चैत्र १४ गते भएको उक्त सहमति कार्यान्वयन नभएको भन्दै केही अपाङ्गता भएका व्यक्तिहरू शान्ति वाटिकामा आमरण अनसन बसेका छन् ।


Author

थप समाचार
x