समाज

कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको तयारी पूरा

इकागज |
जेठ ३, २०८१ बिहीबार १५:४३ बजे

काठमाडौँ- नेपाल बार एसोसिएशनले यही जेठ ४ गतेदेखि सुरु हुने कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

नेपाल बारले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ६ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने १६ औ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ को तयारी पूरा भएको जनाएको हो ।


सक्षम कानुन व्यवसायी,मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार भन्ने नाराका साथ सम्मेलनको आयोजना गरिएको बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।

न्याय प्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निष्पक्ष तथा न्याय उन्मुख बनाउन सम्मेलन कोशेढुङ्गा हुने उनले बताए । उनले न्यायपालिकामा व्याप्त विकृति, विसंगति र भ्रष्टाचार अन्त्यको निम्ति न्यायपालिकाको पुनर्संरचना अपरिहार्य रहेको धारणा राखे ।

सम्मेलनका क्रममा कानुनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरूको तर्फबाट कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको बारले जनाएको छ । 


Author

थप समाचार
x