समाज

८ करोड मूल्य बराबरको लागूऔषध कोकिनसहित तीनजना विदेशी महिला पक्राउ

इकागज |
जेठ ३, २०८१ बिहीबार १६:३१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागूऔषध कोकिनसहित तीन जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो ।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो ।


यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी युगान्डाकै लिलयान सु्सनसाथबाट १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो। यसैगरी भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन् ।

उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x