समाज

'कालिमाटी २६' लाई बलात्कार गरी फरार रहेका दुई जना पक्राउ

इकागज |
जेठ ३, २०८१ बिहीबार १७:९ बजे

काठमाडौँ- प्रहरीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

गत भदौ २९ मा काठमाडौँ( १४ कलंकीस्थित लोमस गेस्ट हाउसमा कालिमाटी २६ (परिवर्तित नाम) लाई पटक- पटक बलात्कार गरेको मुद्दामा फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा महोत्तरी पिपराका २० वर्षीय सौरभ झा र काभ्रे नमोबुद्धका २२ वर्षीय साजन अधिकारी छन्। झालाई बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरीएको अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

 


Author

थप समाचार
x