भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
फाइल तस्बिर
जलेश्वर- भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मका लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्ति जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमबारसम्म रेल्वे सेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन् ।
उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकाले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिने बताए । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया