समाज

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज |
जेठ ८, २०८१ मंगलबार ६:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राती देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Author

थप समाचार
x