समाज

कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

इकागज |
जेठ ९, २०८१ बुधबार ७:९ बजे

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । नागरिकता प्रकरणमा मंगलबार कान्तिपुर दैनिकको कार्यालयबाटै प्रकाउ गरेर सिरोहियालाई राति नै धनुषा लगिएको हो ।

सिरोहियामाथि नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको आरोप छ ।


जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले मंगलबार नै पक्राउ पुर्जी जारी गरेको थियो ।

कान्तिपुरले केहि समय अघिदेखि सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो ।


Author

थप समाचार
x