समाज

मेलम्चीलाई काठमाडौँ महानगरको दुई करोड सहयोग

इकागज |
असार ३, २०७८ बिहिवार १४:१२ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुई करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।

मेलम्ची आएको बाढीले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए। मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।


उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

 

 


Author

थप समाचार
x