समाज

खाद्यान्‍न सामग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङमा

इकागज |
असार ३, २०७८ बिहिवार १४:२६ बजे

काठमाडौँ : गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढी पहिरोले क्षतिग्रस्त मनाङ प्रस्थान गरेका छन् । औषधी, खाद्य सामग्री, टेन्टलगायतका सामग्री लिएर मुख्यमन्त्री पोखरेल, मनाङकै प्रदेश सभा सदस्य, मन्त्री राजीव गुरुङ(दिपक मनाङे) सहितको टोली मनाङ गएको हो । 

 गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा उनीहरू मुस्ताङ गएका हुन् ।  मनाङमा मर्स्याङ्दी नदी उर्लिँदा धारापानी, ताल गाउँमा धेरै क्षति भएको छ । त्यस्तै घट्टेखोलालगायत साना खोलामा बाढी आउँदा मनाङ सदरमुकाम चामेमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । 



Author

थप समाचार
x