समाज

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

इकागज |
जेठ ११, २०८१ शुक्रबार १४:४८ बजे

पोखरा- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपूर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रुपैयाँ जरिवाना र ४ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाबाट पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । 


Author

थप समाचार
x