समाज

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

इकागज |
जेठ ११, २०८१ शुक्रबार १९:१७ बजे

धनुषा- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 


न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मको समय दिएको छ ।

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेर धनुषा लगेको थियो ।


Author

थप समाचार
x