समाज

मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

इकागज |
जेठ १२, २०८१ शनिबार ९:१२ बजे

काठमाडौँ- चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना भएका हुन् ।

प्रादेशिक अस्पतालमा न्युरोलोजीलगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको सिरोहियाका वकिल रमन कर्णले बताए । सिरोहियाले मुटुमा समस्या आएपछि यसअघि मुम्बईमा पनि उपचार गराएका थिए ।


नागरिकता प्रकरणमा मंगलबार कान्तिपुर अफिसबाट पक्राउ गरेर प्रहरीले जनकपुर लगेको थियो । 


Author

थप समाचार
x