समाज

सशस्त्र आईजीपी अर्यालद्वारा सगरमाथा आरोही सशस्त्र इन्स्पेक्टर सुरज पौडेलको स्वागत तथा सम्मान

इकागज |
जेठ १२, २०८१ शनिबार १४:३९ बजे

काठमाडौँ- विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।

शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गरेका हुन् ।


सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

पौडेल सि. सं. ९ ब्याचका अधिकृत हुन् । उनी पहिलो प्रयासमा नै सगरमाथाको आरोहण गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका कर्मचारीले पहिलोपटक सगरमाथा आरोहण गरेका हुन् ।


Author

थप समाचार
x