नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
फाइल तस्बिर
काठमाडौँ- नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार दुई जनाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु हुनेहरूमा ककनी गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर १० का १९ वर्षीय रोजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।
बेहोस अवस्थामा प्रहरीले उद्धार गरी त्रिशूली अस्पताल उपचारका लागि पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया