समाज

नारायणगढ-मुग्लिन सडकमा पहिरो, एक जनाको मृत्यु

इकागज |
जेठ १३, २०८१ आइतबार १०:४३ बजे

काठमाडौँ- नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।


आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिनमाथि पहिरो खस्दा डोजर चालकको मृत्यु भएको हो । 

पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । अहिले सडक भने सञ्चालनमा आएको छ ।


Author

थप समाचार
x