समाज

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा समाजवादी प्रेस संगठनको तालाबन्दी

इकागज |
जेठ १४, २०८१ सोमबार १४:२८ बजे

काठमाडौँ- समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भएको आरोप लगाउँदै तालाबन्दी गरिएको हो । सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुंगो लगाएका नाममा रातारात हेरफेर गर्ने काम भएको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए ।


पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरीत पत्रकारिताबाहेक अन्य पेसा, व्यवसायमा संलग्न व्यक्तिको नाम पत्रकारको सूचीमा राखेको समाजवादी प्रेस संगठनको आरोप छ । त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म संगठनको विरोध जारी रहने अध्यक्ष सुवेदीले बताए । 

 

 


Author

थप समाचार
x