समाज

विद्यालय पुन:निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

इकागज |
जेठ १४, २०८१ सोमबार १५:२१ बजे

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले भूकम्पबाट क्षतिग्रस्त बझाङको श्री भवानी आधारभूत विद्यालयको भवन पुन: निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । थलारा गाउँपालिका वडा न ९ स्थित नेपाल रेडक्रस सोसाइटीको काठमाडौँ जिल्ला शाखाले उक्त विद्यालयको भवन निर्माण गरिरहेको छ । बैंकले काठमाडौँ जिल्ला शाखा मार्फत रु ५० हजार सहयोग उपलब्ध गराएको छ ।

बैँकका उप-कार्यकारी निर्देशक तिल गुरुङले रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेललाई रकम उपलब्ध गराउने प्रतिबद्ध पत्र हस्तान्तरण गरेका छन् ।


नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको पहलमा विभिन्न दाताहरूको सहयोगमा उक्त विद्यालयको ‍तीन कोठाको भवन निर्माण गरिरहेको छ । भवन क्षतिग्रस्त भै खुल्ला चौरमा अध्ययन गर्न बाध्य विद्यार्थीहरूलाइ वर्षात अगाडि नै कक्षा कोठामा लैजाने उद्देश्य राखेर निर्माण थालिएको भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।


Author

थप समाचार
x