समाज

‘रेल विभाग ड्राइभरविनाको बस जस्तै’ [फोटो/भिडियोसहित]

इकागज |
जेठ १४, २०८१ सोमबार १८:३ बजे

फोटो: शुरज थपलिया

काठमाडौँ - रेल विभागमा महानिर्देशक नहुँदा कामकाज प्रभावित भएको छ । यसअघिका महानिर्देशक रोहित कुमार बिसुवालको अवकाश भएपछि विभाग महानिर्देशकविहीन भएको हो । अर्को निर्देशक कहिले आउने हो कुनै टुंगो नभएको विभागका सूचना अधिकारी सिडिई कमल कुमार शाहले बताए । 

महानिर्देशक नहुँदा दैनिक कामकाजमा समेत समस्या भएको उनको भनाइ छ । 'आर्थिक वर्षको अन्तिम अवस्था छ महानिर्देशकले गर्नै पर्ने विभिन्न कामहरू छन्' उनले भने' 'रेल विभाग ड्राइभरविनाको बस जस्तै भएको छ ।' 


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पटक पटक ताकेता गर्दा पनि महानिर्देशक नपठाएको उनले गुनासो गरे । महानिर्देशक नहुँदा विभागका कर्मचारीहरूको कार्यालय आउने र जाने समय समेत आफूखुसी भएको एक कर्मचारीले बताए । 'यहाँ लथालिङ्ग छ को कति बेला आउँछ ठेगान नै हुँदैन', उनले भने, 'आउने एक दुई घण्टा बस्ने जाने गर्छन् ।' 

विभागमा ३६ जनाको दरबन्दी भएपनि अहिले २६ जना मात्रै छन् । बिसुवालले जेठ ३ गतेबाट अवकाश लिएका थिए । मन्त्रालयका सूचना अधिकारी सुभा श्रेष्ठले केही दिनमै विभागमा महानिर्देशक पठाउने जानकारी दिइन् ।  


 

भिडियो:

 


Author

थप समाचार
x