समाज

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा प्रेस चौतारीले लगायो ताला

इकागज |
जेठ १४, २०८१ सोमबार २०:१५ बजे

काठमाडौँ- नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा प्रेस चौतारी नेपालले तालाबन्दी गरेको छ ।

शुद्धीकरणमा नाममा क्रियाशील सदस्यहरूलाई निकालेर गैर पत्रकारलाई सदस्यता वितरण गरेपछि सोमबार साँझ चौतारीले तालाबन्दी गरेको हो । चौतारीले शुद्धीकरणको नाममा वर्तमान नेतृत्वले यसअघि तय गरिएका मापदण्ड र श्रमजीवी पत्रकारहरूको संगठनबीच भएका सहमति, समितिको सिफारिस र भावना विपरीत सदस्यताको सूची तयार पारेको भन्दै आपत्ति जनाएको छ ।


प्रेस चौतारीले शुद्धीकरणको मर्म ‘पत्रकारितामा सक्रिय पत्रकारहरूलाई मात्रै पत्रकार महासंघको सदस्य दिने’ रहेको स्पष्ट पारेको छ तर हिजो मध्यरातमा तयार गरिएको सूचीमा सक्रिय पत्रकारलाई होइन मन लागेका मान्छेलाई सदस्यता दिइएको चौतारीले बताएको छ ।

चुनावदेखि चुनावसम्मको गोलचक्करमा महासंघको गरिमा र गौरवलाई धुलीसात बनाउने सबै प्रकारको कदम प्रेस चौतारीले अस्वीकार गर्ने बताएको छ ।


Author

थप समाचार
x